• १४ जिल्लाका सिडिओ फेरिए, को- कहाँ ?

    Batika News logo
  • १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ र सहायक प्रमुख जिल्ला अधिकारीको परिवर्तन भएको छ ।

    कति सिडिओ मन्त्रालय बोलाएएको छ भने कति मन्त्रालयका सह र उप सचिव जिल्ला पठाउने निर्णय गरिएको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै १४ जिल्लामा कार्यरत सिडिओको हेरेफेर गरिएको छ ।

    छन् भने मन्त्रालयका कार्यरत सहसचिव एवम उपसचिव सिडिओ वा सहायक सिडिओकाे रुपमा जिल्ला पठाइएका छन् ।

    इलामका प्रमुख जिल्ला अधिकारी धुब्र खड्काको गृह मन्त्रालयमा सरुवा भएको छ । मन्त्रालयमा कार्यरत उपसचिव माधवप्रसाद ढुुंगाना इलाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ।

    मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी उपसविच बाबुराम अर्याललाई बझाङको प्रमुख जिल्ला अधिकारीको र मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरैलाई ल्याइएक‍ो छ ।
    त्यस्तै सुर्खेतका प्रमुख जिल्ला अधिकारी सहसचिव छवि रिजाललाई झापा सरूवा गरिएकाे छ । सुर्खेतकाे प्रमुख जिल्ला अधिकारीमा कैलालीबाट खगेन्द्रप्रसाद रिजाललाई पठाइएको छ । मन्त्रालयमा फाजिलमा रहेका सहसचिव रमेश ढकाललाई भने बागलुङको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

    बाजुराका सिडिओ गोपाल अधिकारी मन्त्रालय मन्त्रालय र इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्रराज पौडेललाई बाजुराको सिडिओ बनाइएकाे छ । दार्चुलाका सिडपओ सिद्धराज जोशी मन्त्रालय तानिदाँ बाँकेका सहायक प्रजिअ दिर्घराज उपाध्याय भने दार्चुलाको जिम्मेवारीमा गएका छन् ।

    रुकुप पश्चिमको सिडिओको जिम्मेवारी मन्त्रालयमा कार्यरत उपसविच परमानन्द घिमिरेलाई दिइएको छ । ओखलढुंगाका सिडिओ उपसचिव बन्दना राई गृह मन्त्रालय तानिदा मन्त्रालयका उपसचिव एवम सूचना अधिकारीको जिम्मेवारीमा रहेका दिलकुमार तामाङलाई ओखलढुंगाको सिडिँ बनाइएकाे छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय