• देउवाको भ्रमण स्थगित भएपछि २ देशका परराष्ट्र मन्त्री बीच संवाद

  • प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएपछि २ देशका परराष्ट्र मन्त्री बीच संवाद भएको छ
    परराष्ट्रमन्त्री डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशङ्करबीच दुई देशबीचको आपसी सहकार्य र सम्बन्धका बारेमा कुराकानी भएको हो ।

    परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूबीच बिहीबार भएको टेलिफोन वार्तामा द्विपक्षीय सहकार्यका विविध क्षेत्रका बारेमा छलफल भएको हो । विकास साझेदारी र कोरोना महामारीमा पनि नेपाल र भारतबीचको सहकार्य उल्लेखनीय रहेको कुराकानी भएको थियो ।

    मन्त्रालयका अनुसार उनीहरूबीच दुई देशबीचको सहकार्यको दायरा अझ फराकिलो बनाउने सम्बन्धमा पनि छलफल भएको थियो । परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशङ्करले नयाँ वर्षको शुभकामनासमेत आदानप्रदान गरेका हुन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय