

राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि नेकपा एमालेले १९ जना उम्मेदवार टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा उम्मेदवार टुंगो लगाइएको हो ।
कुन प्रदेशबाट को-को ?
प्रदेश–१
खुलाः देवराज घिमिरे
महिलाः सुमित्रा भण्डारी
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा
प्रदेश–२
खुलाः असर्फी भिनवार यादव
महिलाः बिना साह
बागमती
खुलाः गोपाल शाक्य
महिलाः निरकुमारी कुँवर
गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल
महिलाः लीला पोखरेल थनेट
दलितः गोविन्दबहादुर नेपाली
लुम्बिनी
खुलाः रामदयाल गुप्ता
महिलाः भारती खनाल
दलितः कृष्णबहादुर सुनार
कर्णाली
खुलाः चूडामणि शर्मा
महिलाः गंगा थापा महत
अल्पसंख्यकः पदमबहादुर माझी
सूदुरपश्चिम
खलाः डिल्लीराज भट्ट
महिलाः सन्तोषकुमारी शर्मा
दलितः नरेश बिक
राष्ट्रिय सभामा फागुन २० बाट रिक्त हुने १९ सीटका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर अगाडि बढ्ने सहमति गरिसकेकाले प्रदेश १ बाहेक अन्यत्र एमालेले जित्ने सम्भावना नगण्य छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
