• कांग्रेस गुल्मीक‍ो प्रशंसनीय काम

    जिल्ला अस्पताललाई ५० सिलिन्डर अक्सिजन

  • अक्सिजनको अभाबमा सर्बसाधरणको मृत्यु हुन थालेपछि नेपाली कांग्रेस गुल्मीले सक्रियता देखाएक‍ो छ । अक्सिजन अभावका कारण विरामीहरु छट्पटाई रहँदा जिल्ला अस्पताल तम्घासलाई ५० सिलिण्डर अक्सिजन प्रदान कांग्रेसले गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले अस्पतालका मेसु डाक्टर उत्तम पच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् ।

    बिहीवार साँझ दुई जना संक्रमितलाई अक्सिजन अभाव भए पछि डाक्टर पाच्याले नेपाल पत्रकार महासंघ गुल्मीसँग अक्सिजन माग गरेका थिए । साँझ पौने १० बजेको समयमा महासंघका अध्यक्ष टोपलाल अर्यालसहितका पदाधिकारीहरुले यातायात ब्यवसायी किरण कुँवरको गाडी मगाएर अस्पतालमा पु¥याएका थिए ।

    अक्सिजनको अभाव हुन थालेपछि जिल्ला अस्पतालक मे सु डाक्टर उत्तम पच्याले सामाजिक सञ्जाल मार्फत अक्सिजन सहयोग गर्न आम रुपमा अपिल गरेका थिए । केहिदिन पहिले नेपाली काँग्रेसले जिल्ला हस्पिटलको लागि ५० थानको लागि अक्सिजन सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो । सोही अनुसार अस्पताललाई ५० थानको लागि पुग्ने अक्सिजन प्रदान गरेको काग्रेसका जिल्ला सभापति भुवन श्रेष्ठले बताए । आफू जिम्मेवार पार्टीको प्रमुख भएको र यो विपतको बेलामा टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै सहयोग गरेको उनले बताए । उनले भने ‘आगामी दिनमा समेत हामीहरुले जति सक्दो सहयोग निरन्तर गर्दै जाने छौं ।’ कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दोस्रो लहरले महामारीको रुप लिदासम्म पनि नागरिकलाई अक्सिजनसम्म नपुर्‍याउने, आफ्नो सत्ता टिकाउने खेलमा मात्र सरकार ब्यस्त भैरहेको र नागरिकको जीवन रक्षाको लागि सरकार उदासिन देखिएको हुँदा आफ्नो पार्टीले जिम्मेवारी बहन गरेको श्रेष्ठको भनाई छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय