• प्रचण्डले आफैँलाई प्रश्‍न गरे : ‘भिन्न भूमिकामा जानुपर्ने बेला आएन र ?’

  • ३५ वर्ष देखि आफू आवद्ध पार्टीमा नेतृत्व गर्दै आएका पुष्पकमल दाहा प्रचण्ड फेरी माओवादी केन्द्रको अध्यक्ष भएका छन् । त्यो पनि सर्वसहमत । त्यसोत उनले निर्वाचन गरेर पार्टी नेतृत्व भने अहिलेसम्म लिएका छैनन् ।

    सोमबार ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

    नवनिर्वाचित अध्यक्ष प्रचण्डले आफू अध्यक्ष भएपछि आफैँलाई प्रश्न तेर्साउदै आफै उत्तर दिएका छन् । अध्यक्षमा निर्वाचित भएपछि सम्बोधन गर्दै उनले आफूलाई फेरि पनि सक्रिय नेतृत्वमा रहनुपर्दा भिन्न भूमिकामा जानुपर्ने बेला आएन र ? भन्ने सोचाइ आए पनि देशको समग्र परिस्थिति तथा पार्टी रुपान्तरणको आवश्यकतालाई मध्यनजर गर्दै पुनः नेतृत्वमा आएको बताए । उनले आज आफूले पाएको अभिभाराले पुनः ठूलो सेवा गर्ने अवसर प्राप्त भएको दाबी गरेका छन् । ।

    प्रचण्डले देश र जनताको आवश्यकता अनुसार आफू पुनः पार्टी अध्यक्षमा निर्वाचित भएको बताएका छन् ।

    माओवादी एउटा क्रान्तिकारी आन्दोलन र विचार भएको प्रचण्डको दाबी छ । माओवादीले इतिहासमा युगान्तकारी परिवर्तनको आधारशिला खडा गरेको बताएका थिए । उनले अब प्रचण्ड नहुँदैमा माओवादी नसकिने भए पनि देशलाई आफ्नो आवश्यकता रहेकाले पुन सक्रिय राजनीतिमा आउन चाहेको धारणा राखेका थिए ।

    उनले आफूलाई पार्टी पंक्ति र नेपाली जनताले ठूलो जिम्मेवारी दिएको पनि बताए । ‘यो नेपाली कम्युनिस्ट आन्दोलनको विशेष परिस्थिति हो । म धेरै अघिदेखि नेतृत्वमा छु । धेरै घटनाहरुको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ,’ उनले भने ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय