• किन गरे सभामूखले प्रतिनिधिसमा स्थगित

  • प्रतिनिधि सभाको बैठक ५ दिनका लागि स्थगित भएको छ । सभामुख अग्नी सापकोटाले विशेष कारण देखाउदै बैठक स्थगित गरेका छन् ।

    आइतवार १ बजेका लागि बोलाइएको बैठक २२ गते बिहीवार १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

    बैठक स्थगित भएको जानकारी संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचनामार्फत दिएका छन् ।​

    संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रको महाधिवेशन जारी रहेकाले सभामुखले बैठक स्थगित गरेको स्रोतले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय