• माओवादी लिष्ट टास्ने नै तयारी

  • नेकपा माओवादी केन्द्रमा सहमतिमा नयाँ कार्यसमिति चयनको मतदान प्रकियाबाट नभइ सहमतिमा गर्ने तयारी गरेको छ । अहिले नेताहरु निर्वाचन प्रक्रिया स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन् ।

    सहमतिको प्रयास जारी रहेकाले माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रिया आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको थियो ।

    बन्दसत्र हलबाट पारित विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रति निर्वाचन प्रणालीका माध्यमबाट चुनिने व्यवस्था छ ।

    माओवादीको विधान अनुसार २९९ सदस्यीय केन्द्रीय समिति चयन हुने छ । यसभित्र खुलातर्फबाट १४५ जना र समानुपातिकबाट १५४ जना निर्वाचित हुनेछन् । तर समानुपातिकतर्फ क्लष्टर मिलाएर केन्द्रीय सदस्य चयन गर्न भने माओवादीलाई सकस परिरहेको छ ।

    समानुपातिकतर्फ खसआर्यबाट ४५ जना निर्वाचित हुनेछन् । यसमा पनि पुरुष १२ जना, पुरुष युवा ३ जना, महिला २४ जना र महिला युवा ६ जना चुनिने व्यव्था गरिएको छ ।

    यसैगरी दलिततर्फ २२ जना निर्वाचित हुनेछन् । यसभित्र पुरुष ६ जना, पुरुष युवा १ जना, महिला १२ जना र महिला युवा ३ जना रहने व्यवस्था गरिएको छ । मुस्लिम तर्फ ७ जना, जसमा पुरुष १ जना, पुरुष युवा १ जना महिला ४ जना र महिला युवा १ जना रहनेछन् ।

    मधेसीतर्फ २३ जना रहेने व्यवस्था गरिएको छ ऽ आदिवासी जनजातिर्फ ४३ जना, थारुतर्फ १० जना, अपाङ्गता भएका २ जना र पिछडिएको क्षेत्रतर्फ पनि २ आउने व्यवस्था छ ।

    शनिबार राति सार्वजनिक संशोधित निर्वाचन कार्यतालिका अनुसार दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने छ । त्यसपछिका अन्य प्रक्रिया पूरा गरी साँझ ६ः२५ बजेदेखि १०ः२५ बजेसम्म मतदानको कार्यक्रम निर्धारण गरिएको छ

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय