• आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको प्रचण्डले जवाफ फर्काउँदै

  • नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिदै छन् ।

    यसअघि बन्द सत्रमा प्रचण्डको प्रतिवेदनमाथि २४ वटा समूह बनाएर छलफल गरिएको थियो । नेताहरुले उठाएको प्रश्नसहित जवाफ फर्काउने कार्यतालिका छ ।

    प्रचण्डले जवाफदिइसके पछि विधान मस्यौदामा उठेका विषयमा नेता देव गुरुङले प्रष्ट पार्नेछन्। आजैको बन्द सत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदनहरु पनि पेश हुने कार्यक्रम छ ।

    महाधिवेशनबाट १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ। अध्यक्ष प्रचण्डले नाम प्रस्ताव गर्ने र त्यसलाई नै सर्वसम्मत गराउने तयारी गरिएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय