• के छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा :प्रतिक्रान्तिकारी षड्यन्त्र असफल

  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा व्यापक कमजोरीसहित पार्टीको आगामी योजना प्रस्तुत गरेका छन् ।
    ४५ पृष्ठ लामो प्रतिवेदनमा २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षक मूख्य सोच राखिएको छ ।

    केही मुख्य विषय
    प्रतिक्रान्तिकारी षड्यन्त्र असफल
    प्रचण्डले प्रतिक्रान्तिकारी षड्यन्त्र असफल भएको उल्लेख गरेका छन् ।
    संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका पक्षधर राजनीतिक शक्तिहरूका बीचमा पनि नयाँ प्रकारको ध्रुवीकरण र मोर्चाबन्दी सुरु भएको छ । वाम लोकतान्त्रिक मोर्चाबन्दी र व्यापक जनदबाबका कारण तात्कालीन र कार्यनीतिक रूपमा देशी-विदेशी प्रतिक्रियावादीहरूको प्रतिक्रान्तिकारी षड्यन्त्रको योजना असफल भएको छ।´ प्रतिवेदनमा भनिएको छतर, रणनीतिक रूपमा प्रतिक्रान्तिकारी षड्यन्त्रका नयाँ नयाँ तानाबाना बन्ने षड्यन्त्र भने रोकिएको छैन।´

    समाजवादको आधार निर्माण

    प्रचण्डले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै समाजवादको आधार निर्माण हुने बताएका छन् ।
    `परिवर्तनको मौलिक विशेषताका कारण समावेशी समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्र कुनै परम्परागत संसदीय प्रणाली होइन, कम्युनिस्ट पार्टीको मुख्य नेतृत्वमा स्थापित भएको समाजवादउन्मुख राजनीतिक प्रणाली हो।´ प्रतिवेदनमा छ ७यही मूल विशेषताका कारण आजको नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार निर्माण सम्भव छ´

    तरल परिस्थिति
    प्रचण्डले अहिलेको परिस्थिति तरल रहेको उल्लेख गरेका छन् ।
    ` राजनीतिक परिस्थिति निकै तरल र चुनौतीपूर्ण छ । जनताको लामो, सशस्त्र एवं शान्तिपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरूमाथि प्रतिगामी हमला बढेर गएको छ । समावेशी र समानुपातिक चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्टाउन, निरंकुश तत्त्वहरूले टाउको उठाइरहेका छन् ।´ प्रतिवेदनमा छ ´विभिन्न नाम र रूपका दक्षिणपन्थी शक्तिहरूका बीचमा मोर्चाबन्दी बढ्दो छ । देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरूले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप बढाएर लगेका छन् ।´

    माओवादीको कमजोरीमा अरूलाई लाभ
    प्रचण्ड आफैँले माओवादीको कमजोरीमा अरूलाई लाभ उठाएको गुनासो गरेका छन् ।
    संविधानसभा, समावेशी, समानुपातिक प्रतिनिधित्व प्रणाली, धर्मनिरपेक्षतासहित गणतन्त्रको प्रमुख वाहक शक्ति हुनुको नाताले यो परिवर्तनको रक्षा, विकास र परिमार्जनमा पार्टीको प्रमुख जिम्मेवारी छ ।´ प्रतिवेदनमा उल्लेख छतर, केही वर्षदेखि पार्टीमा देखा परेको वैचारिक राजनीतिक अस्पष्टता संगठनात्मक विभाजन एवं अराजकताका साथै कतिपय राजनीतिक र संगठनात्मक कमजोरीसमेतका कारण हामीले परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न सकेका छैनौँ । यसको परिणाम, दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरूले टाउको उठाउने अवसर पाइरहेका छन् ।´

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय