• सार्वजनिक ऋण १७ खर्ब २३ अर्बमा झर्यो, चालू वर्षमा लिने रकमभन्दा तिर्ने बढी

  • नेपालको कुल सार्वजनिक ऋणको आकार गत आर्थिक वर्षको तुलनामा घटेको छ । ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु वर्षमा १७ खर्ब २३ अर्ब रुपैयाँ सार्वजनिक ऋण पुगेको छ । जवकी गत आर्थिक वर्षको अन्त्यसम्ममा १७ खर्ब ३७ अर्ब सार्वजनिक ऋण पुगेको थियो ।

    चालू वर्षको समिक्षा अवधिमा नेपालले १९ अर्ब ४९ करोड रुपियाँ ऋण लिएको छ । सरकारले लिएको ऋणभन्दा ऋणबापतको भुक्तानी धेरै छ । यस अवधिमा सरकारले बाह्यतर्फ पाँच अर्ब १७ करोड र आन्तरिकतर्फ २९ अर्ब गरी कुल ३४ अर्ब १७ करोड रुपियाँ ऋण भुक्तानी गर्न सफल भएको छ । त्यस्तै बाह्य ऋणबापत सरकारले एक अर्ब ६२ करोड र आन्तरिक ऋणतर्फ छ अर्ब १३ करोड रुपियाँ ब्याज रकम पनि भुक्तानी गरेको छ । ब्याजसहित सरकारले पहिलो त्रैमासमा ४१ अर्ब ९३ करोड रुपियाँ भुक्तानी गरेको छ ।

    बाह्यतर्फ नेपालले सबैभन्दा बढी बहुपक्षीय दातृ संस्थाबाट १६ अर्ब ३१ करोड रुपियाँ ऋण लिएको छ । त्यस्तै द्विपक्षीय दातृ निकायबाट तीन अर्ब १८ करोड रुपियाँ ऋण लिएको कार्यालयले जनाएको छ ।

    समग्रमा पहिलो त्रैमासमा बाह्य ऋण १.६२ प्रतिशतले बढेको छ । आन्तरिक ऋण भने ३.६१ प्रतिशतले घटेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय