• गृहमन्त्री बादलको तीन महत्वपुर्ण निर्णय

  • काठमाडौँ । गृहमन्त्रीको रुपमा आज तेस्रो पटक पदभार सम्हालेका गृहमन्त्री रामबहादुर थापा बादलले तीन महत्वपुर्ण निर्णयमा हस्ताक्षर गरेका छन् ।

    पदभार पछि पहिलो निर्णय गृहमन्त्री थापाले कोरोनाको महामारीसँगै नजिकिँदै गरेको मनसुनजन्य विपदको समेत जोखिम न्युनिकरण, पुर्वतयारी र व्यवस्थापनगरी मानविय र आर्थिक क्षति न्युनिकरण गर्न थप स्रोतसाधन परिचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी मानविय सहायता र क्लस्टर एक्टिभेसन सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरे ।

    राष्ट्रिय विपद प्रतिकार्य कार्यढाँचामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय ढाँचाको तथा कार्यढाँचा र नेपालमा कार्यरत विषयगत क्षेत्रका सरकारी निकाय र सहयोगी निकायको व्यवस्था रहेको छ । सोही बमोजिम विषयगत क्षेत्र र सहयोगी निकायलाई वर्तमान महामारीको प्रतिकार्य र आसन्न मनसुनजन्य विपदको जोखिम न्युनिकरण र पूर्व तयारीका लागि सो सम्बन्धी प्रस्ताव पारित गरीएको हो । योसँगै संयुक्त राष्ट्रसंघिय आवासिय मानविय संयोजकको कार्यालयमा सहयोगका लागि पत्र लेख्न राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई बाटो खुलेको छ ।

    यसैगरी अर्को महत्वपुर्ण निर्णय कोरोनाको महामारीसँगै नजिकिँदै गरेको मनसुनजन्य विपदको समयलाई मध्यनजरगर्दै अन्तराष्ट्रिय सहायता आह्रवन गर्ने निर्णयमा समेत गृहमन्त्री थापाले हस्ताक्षर गरेका छन् । सो प्रस्ताव अर्थमन्त्रालयमा पठाईनेछ । कोरोना नियन्त्रणलाई थप सुदृढ र प्रभावकारी बनाउन, मनसुनजन्य विपदको पुर्व तयारी प्रभावकारीबनाउन सरकारी सन्यन्त्रका अलावा गैर सरकारी तथा अन्तराष्ट्रिय सहयोगको परिचालन आवश्यक देखिएको ठहर गर्दै सो सम्बन्धी प्रस्ताव गृहमन्त्रालयले अघि बढाएको हो ।

    यसैगरी गृहमन्त्रीले आज तेस्रो महत्वपुर्ण निर्णय अत्यावश्यक सेवामा हड्तालगर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । यसअघि यससम्बन्धमा जारी आदेशको समयावधी जेठ २१ मा सकिन लागेकोले सो सम्बन्धी नयाँ प्रस्तावमा आज गृहमन्त्रीले हस्ताक्षर थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय