• आजको मौसम : हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो

  • काठमाडौं । देशका विभिन्न भागमा आज पनि हिमपात हुनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सातवटै प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

    पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

    आजराति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    तराईका भू–भागमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यसैबीच, आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने मौसमविद् नगरकोटीले जानकारी दिइन् । उनका अनुसार काठमाडौंको आजको मौसम सामान्यतया सफा रहनेछ ।  

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय