• प्रदेश-२ कांग्रेस सभापतिमा देउवा पक्षका कृष्णा राय यादव निर्वाचित

  • जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश-२ सभापतिमा कृष्णा राय यादव विजयी भएका छन् । उनले प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गरे ।

    आज विहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार शेरबहादुर देउवा समूहका कृष्णाले ९९६ मत ल्याएका हुन् । पराजित उम्मेदवा। रामसरोजले ८५५ मत पाए । उनी बिमलेन्द्र निधि र शेखर कोइराला समूहका उम्मेदवार थिए ।

    प्रदेश २ मा कुल १ हजार ९३८ मतदातामध्ये १ हजार ८८१ मत खसेको थियो । शुक्रबार विहान पोने २ बजेबाट सभापतिको मतगनणा सुरु भएको थियो ।

    अन्य पदाधिकारीको मतगणना आजदेखि सुरु हुनेछ ।

    प्रतिनिधि विवादका कारण कांग्रेसले प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनभन्दा पछाडि सारेको थियो । मंसिर २४ देखि २६ सम्म काठमाडौंमा आयोजित महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय