• सरकारले गर्याे १२ सहसचिवको सरुवा (काे कहाँ)

  • काठमाडौं । सरकारले राजपत्रांकित प्रथम श्रेणीका १३ सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधवार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न निकायमा कार्यरत १३ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हुन् ।

    मन्त्रालय स्रोतका अनुसार मधेसी आयोगको सचिवको जिम्मेवारीमा रहेका सहसचिव लोकनाथ पौडेल काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ भने उक्त जिम्मेवारीमा रहेका राजेश्वर ज्ञवालीलाई मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ ।

    मन्त्रालयको अतिरिक्त समूहका रहेका देवराज जोशीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, आदिवासी जनजाति आयोगको सचिवको जिम्मेवारीमा रहेका सहसचिव भोला दाहाल अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा, आयोगमा रहेका सहसचिव नीराजन घिमिरेको राष्ट्रिय दलित आयोगमा सरुवा भएको छ ।

    यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत सहसचिव यमुना प्रधानको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका सहसचिव कमल भट्टराईको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख राजीव पोखरेलको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ भने मन्त्रालयको उक्त महाशाखाको जिम्मेवारी मन्त्रालयमा अतिरिक्तमा रहेका रघुराम विष्टलाई दिइएको छ ।

    यस्तै बाराको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकृत तीर्थ चिलवालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको जिम्मेवारीमा रहेका सहसचिव ध्रुव गैँडाको बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएकाे छ ।

    यस्तै नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको बागमती प्रदेशको उद्योग मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ   । पुडासैनी सचिव बढुवाको लाइनमा भएकोले प्रदेशको अनुभवका लागि बागमती पठाइएको हो । सरुवा भएका सबैको पत्र तयार भईसकेकाले आज पत्र बुझेसँगै सरुवा भएको ठाउँमा हाजिर हुने मन्त्रालय स्राेतले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय