• कांग्रेस महाधिवेशन : एक भोटले पराजित भए पूर्वमन्त्री थानी

  • काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (कर्णाली प्रदेश) को मतपरिणाम सार्वजनिक भएको छ ।

    सार्वजनिक परिणाम अनुसार राजीवविक्रम शाह, कर्णबहादुर बुढा र जानकी सिंह विजयी भएका छन् । शाहले २८२० र बुढाले २२०० मत प्राप्त गरे  । पूर्वमन्त्री समेत रहेका ह्दयराम थानी केन्द्रीय सदस्यमा एक मतले पराजित भएका हुन् ।

    एकमतले पराजित पूर्वमन्त्री थानीले २१९९ मत ल्याए । यस्तै जानकी सिंहले २६२४ मत प्राप्त गर्दा मैना कार्कीले १९५५ मत प्राप्त गरिन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय