• यस्ताे हुनेछ आजकाे माैसम

  • काठमाडौं । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । आज बिहान पहाडी भूभागको मौसममा आंशिक बदली रहेको छ ।

    आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    आज राति प्रदेश १, बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

    बुधबार पहाडी भेगमा आँशिक बदली रही प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय