• एमाले अवरोधबीच आज प्रतिनिधि सभा बैठक बस्दै, एमसीसी पेस हाेला ?

  • काठमाडाैँ । आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बस्दै छ।

    संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ। बैठकका लागि सम्भावित चार कार्यक्रम तय गरिएको छ। 

    संसद् सचिवालयका अनुसार सम्भावित कार्यसूचीमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडुले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ र ‘फैजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ। यस्तै सांसद प्रेम सुवालले उक्त दुवै अध्यादेश ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नेछन्।

    तर नेकपा एमालेले भने निरन्तर प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ।

    यसैबीच बहुचर्चित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भने आजको बैठकको सम्भावित कार्यसूचीमा छैन। 

    संसदका नियमित कार्यसूचीबारे भने आजै बिहान बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले निश्चित गर्नेछ।

    प्रतिनिधि सभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा  बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ। 

    सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठक र सर्वदलीय बैठकमा एमसीसी संसदमा पेस गर्नेबारे सहमति हुन सकेको थिएन।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय