• माओवादी केन्द्र बागमतीको अध्यक्षमा सरल सहयात्री निर्वाचित

  • काठमाडौं । नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । १६२ मत ल्याएर पौडेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत ल्याएका थिए।

    त्यसैगरी उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् ।

    सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ) विजयी भएका छन । उनले १४९ मत प्राप्त गरेका थिए । सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् ।

    कोषाध्यक्ष पदमा संगीता भट्टराई निर्वाचित भएकी छिन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय