• बलजफ्ती एमसीसी पास गरे मुलुकको लागि राम्रो गर्दैन, पुनरावलोकन हुनुपर्छ: कांग्रेस सहमहामन्त्री

  • काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा राष्ट्रिय सहमति औंल्याएका छन् ।

    एमसीसी नेपालको एजेण्डा हो भनेर बहस र छलफल सुरु गर्नुपर्नेमा जोड दिँदै परियारले सबै दलले छलफल गरेर अघि बढ्नुपर्ने बताए । ‘सम्झौताको बुँदा बुँदामा सामूहिक रुपमा छलफल गर्नुपर्छ । छलफल गरेर निष्कर्ष निकालेपछि पारित गर्दा उपयुक्त हुन्छ । तर, सहमतिबिना बलजफ्ती पास गर्दा यसले मुलुकको लागि राम्रो गर्दैन,’ उनले भने ।

    पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे साझा धारणा बनाउनको लागि सर्वदलीय बैठक बोलाएर छलफल प्रारम्भ गरेको उनको भनाइ छ ।

    ‘एमसीसी राष्ट्रिय एजेण्डा हो । यो प्रमुख प्रतिपक्षी दल एमालेको पनि एजेण्डा हो । सम्झौतामा कुन–कुन बुँदा अनुपयुक्त छन्, वा राष्ट्रिय हितविपरित छन् ? राष्ट्रियतामा प्रश्न उठाउने कुरामा यो पारित गर्नुहुँदैन,’ रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘एमसीसी भनेको अमेरिकी सहयोग रकम, यो नेपालमा मात्रै आएको होइन । विभिन्न देशमा सम्पन्न भएका घट्ना पनि छन् । सबै दलहरुमा छलफल गरेर र पुनरावलोकन गरेर पारित गर्नुपर्छ ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय