• कांग्रेस खुला महिला केन्द्रीय सदस्यमा डिलाले पाइन् सर्वाधिक भाेट, आरजु तेस्रो भइन्

  • काठमाडौँ – नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा डिला संग्रौला सबैभन्दा धैरै मतकासाथ निर्वाचित भएकी छन् ।  पार्टी कार्यालय सानेपामा भएको मतगणनामा डिलाले २८८५ मत ल्याइन् । त्यस्तै पुष्पा भुसालले २७१८ मत ल्याइन् । कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवा २५३६ मत ल्याएर निर्वाचित भइन् ।

    त्यस्तै अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाईं २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४, रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित भए । अरु भने पराजित भए । खुला महिला केन्द्रीय सदस्य ९ जनाका लागि ३० जना चुनावी मैदानमा थिए ।  

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय