• कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित सुनिल थापा भन्छन्– अग्नि परीक्षा पास गरेँ

  • काठमाडौं । कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सुनिल थापाले आफू अग्नि परीक्षामा पास भएको प्रतिक्रिया दिएका छन् । आइतबार साँझ बाह्रखरीलाई छोटो प्रतिक्रिया दिँदै थापाले आफूले अग्नि परीक्षा पास गरेको र अब छलफल गरेर अगाडि बढ्ने बताए ।

    “मेरा लागि अग्नि परीक्षा थियो । आज मैले अग्नि परीक्षा पास गरेँ । अब कसरी अगाडि बढ्ने भनेर साथीहरूसँग छलफल गर्छु,” उनले भने ।

    उनी राप्रपाबाट कांग्रेसमा आएका नेता हुन् । उनीसहित केही नेताहरू राप्रपाबाट कांग्रेस प्रवेश गरेका थिए । त्यतिबेला कांग्रेसले उनलाई सहमहामन्त्रीमा मनोनीत गरेको थियो ।

    अब आफूसँगै राप्रपाबाट कांग्रेसमा आएका नेताहरूको भविष्य सुरक्षित हुनेगरी अघि बढ्ने उनको भनाइ छ । आइतबार उनी कांग्रेस खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय