• यी नेता जसले कांग्रेस महाधिवेशनमा सर्वाधिक भाेट ल्याए !

  • काठमाडौं ।  कांग्रेस खुला केन्द्रीय सदस्यतर्फ शंशाक कोइरालाले सबैभन्दा धेरै मत ल्याएका छन् । उनी ३८३६ मत ल्याएर विजयी भए । 

    पदाधिकारीतर्फ गगन थापाले सर्वाधिक मत ल्याएका थिए । महामन्त्रीमा जम्मा ४६८२ मत खसेकोमा उनले ३०३२ मत ल्याए । महामन्त्रीमा निर्वाचित अर्का नेता विश्वप्रकाश शर्माले १९८४ मत ल्याए ।

    दोस्रो चरणमा गएको सभापतिको निर्वाचनमा भने शेरबहादुर देउवाले २७३३ मत ल्याएर निर्वाचित भएका थिए । जसमा ४६२३ मत खसेको थियो । देउवासँग पराजित शेखर कोइरालाले १८५५ मत पाए ।

    उपसभापतिमा पूर्णबहादुर खड्का २१२१ मत पाएर विजयी भएका थिए । उपसभापतिमा धनराज गुरुङले १९०८ मत पाए ।

    कांग्रेसमा सहमहामन्त्रीमा विभिन्न ८ वटा क्लस्टर (महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, खस आर्य, मधेसी, थारू र पिछडिएको) बाट एक–एक जना निर्वाचित हुने व्यवस्था छ ।

    जसमा सबैभन्दा बढी मत फरमुल्लाह मंसुरले ल्याए । सहमहामन्त्रीमा जम्मा ४६९५ मत खसेकोमा उनले २७७६ मत ल्याएर निर्वाचित भए ।विभिन्न क्लस्टरकाे मतगणना अझै जारी छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय