• कांग्रेसमा विजय गच्छदार हारे, गणेश लामा जिते

  • काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट आएका नेताहरु कोही पराजित भएका छन् कोही विजयी भएका छन् । 

    उपसभापतिमा विजय गच्छदार २ मतले पराजित हुँदा गच्छदार निकट गणेश लामा खुला तर्फ केन्द्रीय सदस्यमा विजय भएका छन् । ९९ जनामध्ये लामा ६४ जनालाई उछिन्दै ३५ जनाको कोटाभित्र पर्न सफल भएका छन् । 

    फोरमबाट आएका दुबैको सार्वजनिक छवि भने राम्रो छैन । गच्छदार बालुवाटार जग्गा अनियमितता प्रकणमा मुछिएका छन् भने लामा गुण्डा नाइकेका रुपमा परिचित छन् । राजनीतिमा आएको धेरै भए पनि लामालाई अझै पनि धेरैले पुरानै परिचय गुण्डा नाइके भनेर चिन्छन् । जे होस् फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार हारे पनि सो पार्टीका केन्द्रीय सदस्य लामालाई कांग्रेस प्रतिनिधिले पनि केन्द्रीय समितिमा राम्रै मत दिएर राजनीतिज्ञका रुपमा अनुमोदन गरेका छन् । 

    त्यसो त कांग्रेसले लामालाई यसअघि प्रदेशसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको थियो । तर पराजित भए । संसदीय राजनीतिक प्रतिस्पर्धामा सुरुमै पराजय भोगेका लामाले पार्टीभित्रको प्रतिस्पर्धामा भने सफलता हात पारेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय