• दिउँसाे ४ बजे देउवाले डाके सर्वदलीय बैठक, एमाले सहभागी नहुने

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । संसदमा जारी अवरोध, एमसीसीलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका राससले जनाएको छ ।

    प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बैठकमा बोलाइएको छ ।

    नेकपा एमालेले लामो समयदेखि जारी राखेको संसद्को अवरोध खुलाउने, एमसीसी पारित गर्नेलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

    यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेर सर्वदलीय बैठक आह्वान गर्न आग्रह गरेका थिए ।

    तर, प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ ।

    नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीले एमसीसी पारितका विषयमा छलफल गर्न बैठक बोलाएको भन्ने जानकारी पाएकाले उक्त बैठकमा एमाले सहभागी नहुने बताए । 

    एमालेले लगातार उठाएको विषयमा छलफल नगरी अर्को विषयमा छलफल गर्नुको कुनै औचित्य नरहेको उनले बताए । 

    त्यसबाहेक एमसीसीमा सत्तारुढ गठबन्धनभित्रै एकमत नरहेको हुँदा आफूहरुको थप धारणा नरहेको उनको भनाइ छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय