• प्रदेश २ मा सर्वसम्मत नेतृत्व चयन गर्नेबारे देउवा-निधिबीच छलफल

  • काठमाडाैँ । नेपाली कांग्रेसको नेता विमलेन्द्र निधिले यही पुस ६ गते हुने प्रदेश नम्बर २ को अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर छलफल गरेका छन्। 

    प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको भेटमा निधिले नेपाली कांग्रेस प्रदेश नम्बर २ को संसदीय दलका नेता समेत रहेका रामसरोज यादवलाई सभापतिमा समर्थन गर्नका लागि आग्रह गरेका थिए। 

    सभापतिको दोस्रो चरणको निर्वाचनमा देउवालाई आफूले समर्थन गर्ने निर्णय गर्दा प्रदेश नं २ को संसदीय दलका नेता रामसरोज यादव पनि सँगै रहेको स्मरण गराउँदै निधिले यादव सिनियर नेता पनि भएकोले समर्थन गर्नुपर्ने तर्क अघि सारेका थिए।

    प्रदेश नं २ का सभापतिका लागि यादवले उम्मेदवारी घोषणा गरेपछि अर्का नेता कृष्ण यावदले पनि घोषणा गरेका छन्। कृष्णले सभापति देउवाको समर्थनमा आफू उम्मेदवार भएको बताउँदै आएका छन्। 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय