• ५७ जिल्लामा कोभिडविरुद्धको मोडर्ना खोप

  • सरकारले ५७ जिल्लामा कोभिडविरुद्धको मोडर्ना खोप दिने भएको छ । भोलिदेखि १२ देखि १७ वर्षसम्मकालाई पुस १४ सम्म उक्त खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ।

    यो खोपको दोस्रो डोज माघ २ देखि १२ सम्म दिइने उल्ले छ । सरकारी तथ्यांकअनुसार १२ देखि १७ वर्ष उमेर समूहको संख्या ३४ लाख २५ हजार बढी छ ।

    पुस १३ देखि २२ सम्म भने आठ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने सरकारी तयारी छ । फाइजरको अर्को डोज माघ ४ देखि १३ सम्म दिइनेछ ।
    साविकको खोप केन्द्रसँगै विद्यालयमा समेत केन्द्र विस्तार गर्न सकिने छ ।

    १२ जिल्लामा फाइजर
    प्रदेश १ को झापा, मोरङ, सुनसरी, प्रदेश २ को सप्तरी, धनुषा, पर्सा, गण्डकीको कास्की, बागलुङ, लुम्बिनीको रूपन्देही, बाँके, दाङ र सुदूरपश्चिमको कैलाली गरी १२ जिल्लामा फाइजर खोप अभियान सञ्चालनबारे पछि मिति तोकिने जनाइएको छ ।

    फाइजर खोप १२ वर्षमाथिको उमेर समूहमा प्रभावकारी मानिएको छ । दुई डोज लिएकामा खोप नलिनेको दाँजोमा लक्षणयुक्त कोभिडले ग्रस्त हुने सम्भावना ९५ प्रतिशत कम देखिएको वैज्ञानिक अध्ययनले देखाएका छन् ।
    खोप लिएको दुईदेखि तीन सातापछि कोभिडविरुद्ध शरीरमा एन्टिबडी उत्पन्न हुन थाल्छ । फाइजरको दुई डोज ३ देखि ६ साताको अन्तरमा लगाउनुपर्छ

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय