• तीन सहमहामन्त्रीको मत परिणामः दुईमा देउवा र एकमा शेखर पक्ष विजयी

  • काठमाडौं । नेपाली कांग्रेसको सह महामन्त्री पदमा तीन जना निर्वाचित भएका छन् ।

    बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय (डीना), भिष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित भएका हुन् ।

    उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन् भने परियार डा. शेखर कोइराला समूहका हुन् ।

    निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार डिनाले २५३३ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी कमला पन्तले २१०५ मत प्राप्त गरिन् ।

    आङ्देम्बेले २७११ मत पाए । उनका प्रतिद्वन्द्वी विकास लामाले १९१३ मत प्राप्त गरे । परियारले २२१२ मत पाए भने मानबहादुर विश्वकर्मा २१७५ मतमा पराजित भए ।

    ८ जना सहमहामन्त्री रहेको कांग्रेसमा मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खस र आर्यको मतगणना आज विहानदेखि हुने निर्वाचन समितिले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय