• कांग्रेसकाे महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

  • काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा र विश्व प्रकाश शर्मा निर्वाचित भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ४६८२ मतमध्ये गगनले ३०२३ र शर्माले १९८४ मत पाएर महामन्‍त्रीमा विजयी भएका हुन् ।

    गगन शेखर कोइराला प्यानलबाट उम्मेदवार भएका थिए भने विश्‍वप्रकाश प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार भएका थिए । महामन्त्रीका लागि प्रदिप पौडेल, प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल र राजाराम कार्की चुनावी मैदानमा थिए । पाैडेलले १४०९, महतले १५५०, रिजालले ८०९ र कार्कीले १०७ मत पाएका छन् ।

    महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री रिजालले मन्त्री पदबाट राजीनामा समेत दिइसकेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय