• कांग्रेसको उपसभापतिमा खड्का र गुरुङ निर्वाचित, गच्छदार २ भाेटले पराजित

  • काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

    बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइरालाल समूहबाट गुरुङ निर्वाचित भएका हुन् ।

    खड्काको मतअन्तर दुई सय हाराहारीमा भए पनि गुरुङ भने २ मत अन्तरले जितेका हुन् ।

    गुरुङसँग विजय गच्छदार झिनो मतले पराजित भए । मतगणनाको बीच बीचमा गच्छदारले अग्रता पनि लिएका थिए । अन्तिम परिणाममा भने उनी थोरैले पराजित हुन पुगे ।

    चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह भने पराजित भए ।निर्वाचन समितिकाअनुसार खड्काले २१२१ भाेट ल्याए, गुरूङले १९०८ र गच्छदारले १९०६ भाेट ल्याए । गुरूङले गच्छदारलाइ २ भाेटले मात्र हराएका हुन् । त्यस्तै चन्द्र भण्डारीले १५८०  भाेट ल्याउँदा सुजता काेइरालाले ६४४, महेश अाचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत ल्याए ।  

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय