• देउवाको विजयमा पार्टीले अबिरजात्रा, उत्सव नमनाउने

  • काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले शेरबहादुर देउवाको विजयमा उत्सव नमनाउने बताएका छन् । पार्टीको आन्तरिक निर्वाचन भएकाले जितको खुसीयालीमा अबिरजात्रा र नाराबाजी नगर्ने उनले बताए ।
     
    विपक्षी पार्टीलाई पराजित गरेजस्तो विजयउत्सव मनाउन आवश्यक नरहेको उनले स्पष्ट पारे । पार्टीका अन्य पदाधिकारी र सदस्यको मतपरिणाम आएपछि जिम्मेवारी सम्हाल्दै शुभकामना आदानप्रदान गरिने नेता खाणको भनाइ छ ।  

    सभापति पदका लागि भएको मतदानको मतगणनाको अन्तिम नतिजापछि सञ्चारकर्मीसँग उनले पराजित भएको समूहलाई पार्टीले जिम्मेवारी दिने जानकारी दिए । सबै पक्षलाई समेटेर पार्टीलाई थप सशक्त बनाउँदै अगाडि बढाउने रणनीति रहेको उनको भनाइ छ । निर्वाचन समितिले अन्तिम मतपरिणाम सुनाउँदा देउवा मतगणास्थलमा थिएनन् । 

    १४औँ महाधिवेशनले नयाँ कार्यसमितिको केन्द्रीय सभापतिमा शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । प्रतिस्पर्धी डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा नयाँ कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय