• नेपाली कांग्रेसका शान, सञ्जय गौतमलाई क्रम संख्या ८६ मा मतदान

  • काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । बर्दियामा दुई कार्यकाल सफल सभापति भएका सञ्जयकुमार गौतम पनि यसपटक केन्द्रीय सदस्य पदमा उम्मेदवार छन् । उनलाई भोट दिन महाधिवेशन प्रतिनिधिहरुले ८६ नम्बरमा टिक लगाउनुपर्नेछ ।

    गौतम तिनै व्यत्ति हुन् जोे कांग्रेसको इतिहासमै सबैभन्दा धेरै भोट ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भए । उनी अहिले प्रतिनिधि सभाका प्रत्यक्षतर्फका सांसद हुन् । पूर्वमन्त्री तथा नेपाली कांग्रेस बर्दियाका निवर्तमान जिल्ला सभापति गौतमले पार्टीमा नेतृत्व परिवर्तन र विधि प्रक्रियासँग अघि बढाउनुपर्ने एजेन्डा बोकेका छन् । गौतमले प्रतिनिधि सभाको चुनावमा ४४ हजार ८ सय २९ ल्याएका थिए । यो मत कांग्रेसको इतिहासमा कुनै पनि उम्मेदवारले ल्याएको सबैभन्दा धेरै मत हो । उनले बाम गठबन्धनका उम्मेदवार तत्कालीन नेकपा एमालेका उपाध्यक्ष बामदेवलाई हराएका हुन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय