• देउवाको प्यानलमा शशांक कोइरालाकाे नाम किन राखियाे ?

  • काठमाडाैँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका महामन्त्री शशांक कोइरालाको नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवाको प्यानलमा राखिएको छ । यसअघि संस्थापनइतर पक्षबाट आफै सभापतिको उम्मेदवार रहेका शशांक साझा उम्मेदवार तय गर्नका लागि ब्याक भएका थिए ।

    तर, शेखर कोइरालाले टीम बनाउँदा आफूसँग कुनै पनि सल्लाह नगरेकोप्रति उनी असन्तुष्ट बनेका थिए । शेखर टीममा आफू निकट तीन जना नेताको नाम काटिएपछि शशांक शेखरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि गएका थिएनन्। शेखरले उम्मेदवारी दर्ता गर्ने बेला पनि उनी आएका थिएनन् । यद्यपि शशांकको नाम शेखर र प्रकाशमान सिंहको प्यानलमा पनि राखिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय