• जसले पदाधिकारीमा जाने घोषणा गरे, मनोनयन भने केन्द्रीय सदस्यमात्र

  • काठमाडौ । कांग्रेसको १४औँ महाधिवेशनमा पदाधिकारीमा जाने घोषणा गरेका केही नाम चलेका नेताहरूसमेत पद घटेर मनोनयन दर्ता गराएका छन् । 

    सभापतिका आकांक्षा देखाएकाहरूले समूहभित्रको लिस्टमा नाम पार्न नसकेपछि पद घटेर मनोनयन गर्दा गराएका हुन् ।

    यसअघि नेपाली कांग्रेसको सभापति पदमा दाबेदारी प्रस्तुत गरेका डा. शशांक कोइरालाले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् । कोइरालाले आफ्नो समूहमा सबैको इच्छालाई सम्बोधन गर्नुपरेकोले आफूले केन्द्रीय सदस्यमा मात्र मनोनयन दर्ता गराएको बताएका छन् । 

    सभापतिमै दाबी गरेका रामशरण महत, उपसभापतिमा आकांक्षा देखाएका अर्जुननरसिंह केसी र पदाधिकारीकै अर्का दाबेदार बलबहादुर केसीले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छन् ।  महामन्त्री पदमा उठ्ने चर्चामा रहेका बालबकृष्ण खाँडले केन्द्रीय सदस्यमा उमेदवारी दिए । मिन विश्कर्मा महामन्त्रीबाट सह–महामन्त्रीमा झरेका छन् । रमेश लेखक र ज्ञानेन्द्र बहादुर कार्कीले पनि केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

    महिलातर्फ सह–महामन्त्रीमा प्रचार गरेर मतसमेत मागेकी नेतृ डा. डिला संग्रौलाले पनि केन्द्रीय सदस्यमा मनोनयन दिएकी छन् ।  “समूहमा धेरै अकांक्षी भएका कारण आफूले चाहेको पद पाइएन त्यही भएर केन्द्रीय सदस्यमा जाने निर्णय गरेँ,” संग्रौलाले भनिन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय