• शेरबहादुर देउवाकाे प्यानलबाट महामन्त्रीमा प्रदीप पाैडेल

  • काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल सभापति शेरबहादुर देउवाकै प्यानलबाट १४औँ महाधिवेशनमा महामन्त्री पदमा चुनाव लड्ने भएका छन् ।  पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता पौडेललाई आफ्नो समूहबाट महामन्त्रीको उम्मेदवार बनाउन देउवा राजी भएका हुन् । केहीबेरअघि मात्रै देउवा र सिटौलाले पौडेललाई महामन्त्री बनाउने सहमति गरेका हुन् । 

    पौडेललाई महामन्त्रीमा देउवा समूहले सहयोग गर्ने सहमति गरेका सिटौलाले सहमतिमा सभापति देउवालाई सहयोग गर्ने पनि बताएका छन् । १३औँ महाधिवेशनमा सिटौला सभापतिको उम्मेदवार थिए । तर, पछि दोस्रो चरणमा देउवालाई नै सहयोग गरेका थिए ।  १४ औँ महाधिवेशन स्थलमै देउवा र सिटौलाबीच सहमति भएको हो । देउवासँग सहमति भएपछि सिटौलाले पौडेललाई फोन गरेर जानकारी गराएका थिए । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय