• कांग्रेस महाधिवेशनमा सहभागी हुन चार भारतीय नेता काठमाडौंमा

  • messenger sharing button
    linkedin sharing button
    sharethis sharing button

    A A A+

    काठमाडौँ- नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिनका लागि भारतबाट चारजना नेता नेपाल आइपुगेका छन् । शुक्रबारबाट सुरु हुने कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिनका लागि छिमेकी मुलुक भारतबाट चार नेता शुक्रबार काठमाडौं आइपुगेका हुन् ।  

    कांग्रेसका सहमहामन्त्री एवं महाधिवेशनका लागि विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक प्रकाशशरण महतले भारतबाट चार जना नेताहरू काठमाडौं आइपुगेको जानकारी दिए । उनका अनुसार भारतीय जनता पार्टी(भाजपा) नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाडौं आइपुगेका हुन् ।

    अन्य देशका प्रतिनिधिहरुलाई समेत निम्ता गरिएको भए पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको त्रासका कारण धेरै देशबाट प्रतिनिधि नआउने भएका छन् । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय