• महाधिवेशनपछि एमालेले बोलायो पहिलो केन्द्रीय कमिटी बैठक

  • काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । १०औँ महाधिवेशनपछि पहिलो पटक एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

    बैठक २५ र २६ मा भक्तपुरस्थित जर्मनहाउस हस्पिटालीटी गठ्ठाघरमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए ।

    बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनय, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद गठन र नेताहरुको कार्यविभाजन लगायतका १५ एजेण्डा रहेका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय