• एमाले केन्द्रीय कमिटी बैठक बस्दै, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने तयारी

  • काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरमा बस्ने भएको छ । यसअघि स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्दै आएको थियो । तर महाधिवेशनाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भने भक्तपुरको जर्मन पार्टी प्यालेसमा बस्ने भएको हो ।

    केन्द्रीय सदस्यको संख्या बढेकाले पार्टी प्यालेस रोजेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । यसअघि २ सयको हाराहारीमा एमाले केन्द्रीय कमिटी थियो । तर, १० औं महाधिवेशनबाट ३ सय १ जनाको केन्द्रीय कमिटी निर्वाचित भएको छ ।

    यही मंसिर २५ र २६ गते बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने बैठकको एजेन्डा रहेको उनले बबताए । त्यस्तै जिल्ला र प्रदेश अधिवेशन पनि गर्न बाँकी रहेकाले त्यसको समय सीमा पनि बैठकले निर्धारण गर्नेछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय