• कांग्रेस संस्थापनइतर समूह साझा उम्मेदवार खोज्दै

    Ramchandra Paudel
  • काठमाडौं । १४औँ महाधिवेशन नजिकिँदै जाँदा नेपाली कांग्रेसमा उम्मेदवारको टुंगो लगाउन धमाधम आन्तरिक बैठक बस्न थालेका छन् ।

    संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा भिड्ने भएपछि संस्थापनइतर समूह साझा उम्मेदवारको टुंगो लगाउन लागिपरेको छ ।

    पछिल्लो तीन दिनदेखि औपचारिक छलफल भइरहे पनि अझै सभापतिका लागि साझा उम्मेदवारको टुंगो लगाउन सकिएको छैन ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा शेखर कोइरालाले सभापतिमा आफ्नो अडान कायमै राखेका छन् । महामन्त्री डा शशांक कोइरालाले भने अरूले सहमति जनाए आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई रहने बताएका छन् ।

    वरिष्ठ नेता पौडेलले बुधबार साँझसम्म निर्णयमा पुग्ने र उम्मेदवार घोषणा गर्ने दाबी गरे । उनले भने, ‘सहमतिको निकै नजिक पुगेका छौँ। सबै कोणबाट छलफल गर्यौं। बुधबार साँझसम्म निर्णयमा पुग्छौँ ।’

    संस्थापनइतर पक्षले आज पूर्वजिल्ला सभापति, निर्वाचित जिल्ला सभापति र प्रदेश सभापतिसँग परामर्श गर्दैछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय