• मेस्सीको चार तारे होटल भत्काउन अदालतको आदेश

  • काठमाडाैँ । फुटबल स्टार लियोनेल मेस्सीको स्पेनमा रहेको चारतारे होटल भत्काउन अदालतले आदेश दिएको छ। सन् २०१७ मा मेस्सीले यो होटल करिब ३ करोड युरोमा खरिद गरेका थिए।

    यो होटल बार्सिलोनाभन्दा ४० किलोमिटर टाढा समुद्री किनारा नजिकै रहेको छ। यो होटलमा ७७ ओटा कोठा छन्। यी प्रत्येक कोठामा बसेको एक रातको करिब १०५ पाउण्ड खर्च लाग्छ। 

    डेलिमेलका अनुसार सन् २०१७ मा मेस्सीले खरिद गर्नुभन्दा पहिला नै यो होटल भत्काउन आदेश दिइएको थियो। यद्यपि मेस्सीले यो होटल खरिद गर्दा यस विषयमा ध्यान दिएनन्। 

    द मिररका अनुसार यो होटलको बाल्कोनी निकै ठूलो छ र मापदण्डअनुसार यो होटलका कोठाहरू पनि मिलेको छैन। त्यसका साथै होटलको आगलागी नियन्त्रणको योजना पनि स्थानीय मापदण्ड अनुसारको छैन। 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय