• राष्ट्रपति भण्डारी जुम्ला जाँदै

  • जुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारी भण्डारी आगामी साता जुम्ला जाने कार्यक्रम तय भएकाे छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेकाे एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न उनी २६ मंसिरमा जुम्ला जान लागेकी हुन् ।

    प्रतिष्ठानका उपकुलपति डा मंगल रावलकाअनुसार राष्ट्रपति भण्डारी जुम्ला आउने कार्यक्रम तय भइसकेको छ । एमबीबीएस  र  प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुन राष्ट्रपति भण्डारी आउन लागेकाे उनले बताए ।

    प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेकाे छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपतिबाट उद्घाटन भएपछि नियमित पढाइ सुरु हुनेछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय