• कांग्रेस बागमती प्रदेश अधिवेशन : सभापतिमा इन्द्र बानियाँ निर्वाचित

  • काठमाडौं । कांग्रेस वाग्मती सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बानियाँ जगदीश्वर नरसिंह केसीलाई १५८ मतले पछि पार्दै प्रदेश सभापतिमा विजयी भएका हुन् ।

    निर्वाचित बानियाँले १०८५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी केसीले ९२७ मत ल्याए । जम्मा २०२५ मत खसेकोमा १३ मत बदर भएको थियो । बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् भने केसी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।

    शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधानमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार फेरि मतदान भएको थियो । शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधानमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार फेरि मतदान भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय