• कांग्रेस प्रदेश १ अधिवेशन : गुरुराज घिमिरेलाई २ भोटले हराउँदै उद्धव थापा विजयी

  • विराटनगर । नेपाली कांग्रेसकाे १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नम्बर १ को सभापतिसहित अधिकांश पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको छ । महामन्त्रीमा पौडेल-कोइराला समूहका एकजना मात्र विजयी भएका छन् ।

    सोमबार बिहान सकिएको मत परिणामअनुसार सभापतिमा उद्धव थापा ८४४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४२ मत प्राप्त गरे ।

    उपसभापतिमा संस्थापनका रमेशजंग रायमाझी ८९१ र टंक प्रसाद राईले ८४७ मत प्राप्त गरी विजयी भएका छन् । संस्थापन इतरका गोबिन्द प्रसाद ढुंगाना (केदार ) ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन ) ले ६६९ मत प्राप्त गरे ।

    महामन्त्रीमा संस्थापनका भुपेन्द्र राईले ८२४ र संस्थापन इतरका उमेश थापाले ८२३ मत ल्याएर विजयी भएका छन् ।

    यसैगरी दीपन कुमार श्रेष्ठले ७६४ र पदम सुन्दर पालुङ्गवा ८०७ मत ल्याए ।

    सह-महामन्त्री महिलामा संस्थापनकै प्रमिला गछदार ८३७ मत ल्याएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी सीता कार्कीले ७३३ मत प्राप्त गरेको छ ।

    सह-महामन्त्रीमा संस्थापनका खड्ग फागो १०२६ र बिनोद कुमार बस्नेत ७४७ मत ल्याएर विजयी भएका छन् । संस्थापन इतरका रोहित कुमार शाह ६६५, विरकाजी राई ६४७ र शुभचन्द्र राई ८४ मत पाए । निर्वाचनमा देउवा-सिटौला समूह र पौडेल-कोइरालाको समूह उठेको थियो ।जम्मा १ हजार ७५२ मत खसेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय