• कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : सभापतिमा अमरसिंह पुन निर्वाचित

  • काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले पराजित गर्दै लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले जानकारी दिए । पुनले ८५२ मत पाएका छन् भने शाहको पक्षमा ७६७ मत खसेको छ । 

    पुनले मत गणनाको सुरूवाती चरणबाटै अग्रता लिएका थिए । प्रदेशको नेतृत्त्वको लागि शनिबार मतदान भए पनि आइतबार बिहानबाट मात्रै मतगणना सुरु भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय