• राप्रपाको पदाधिकारीमा रेखा थापा पराजित हुँदा को–को विजयी ? (सूचीसहित)

    Rekha Thapa
  • काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीको आगामी नयाँ कार्यकालका लागि अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुँदा  उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । पाण्डे २५ सय २१ मत ल्याएर विजयी भएका हुन् । ध्रुव बहादुर प्रधान १८ सय १४ मत र बुद्दिमान तामाङ १९ सय ४४ मत ल्याएर निर्वाचित भएका छन् । 

    उपाध्यक्ष महिलातर्फ रोशन कार्की विजयी भएकी छिन् । उनले १५ सय ८९ मत ल्याएर विजयी भएकी हुन् । उनी कमल थापा पक्षबाट निर्वाचित भएकी हुन् । महामन्त्रीमा धवल शमशेर राणा विजयी भएका छन् । २२ सय २१ मत ल्याएर निर्वाचित भएका हुन् । महामन्त्रीमा भुवन पाठक १७ सय ५ ल्याएर विजयी भएका छन् । पाठक कमद थापा प्यानलका हुन् । महिलातर्फको महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मत ल्याएर विजयी भएकी छिन् । उनले अभिनेत्री रेखा थापालाई पराजित गरेकी हुन् । रेखा थापा १६ सय ४० मत प्राप्त गरिन् । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय