• पूर्व राजा ज्ञानेन्द्रविरुद्ध खनिए कमल थापा, भने– पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन् । 

    नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । 

    लिङ्देनलाई पूर्व राजा ज्ञानेन्द्रको साथ रहेको बताइएको थियो । त्यसप्रति थापाले असन्तुष्टि जनाएका हुन् । भर्खरै सार्वजनिक मत परिणाम अनुसार उनी अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका छन् । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय