• कांग्रेस प्रदेश अधिवेशन : गण्डकीको सभापतिमा शर्मा विजयी

  • काठमाडौं – नेपाली  कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी  भएका छन् । प्रदेश अधिवेशनअन्तर्गत  शनिबार भएको मतदानको गणनामा ४६ मत गन्न बाँकी  रहँदै शर्मा विजयी भएका हुन्  । शर्मा पौडेल पक्षका हुन् । अहिले मतगणना चलिरहेको छ ।

    पछिल्लो अपडेट अनुसार हालसम्म ११ सय मत गणना हुँदा शर्माले ५८५ मत प्राप्त गरेका छन । अर्का उम्मेदवार अर्जुनप्रसाद जोशीले  हालसम्‍म ५१० मत ल्याएका छन् । मतदानमा कुल ११४६ मत खसेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय