• नेपाली कांग्रेस महाधिवेशन : प्रदेश नेतृत्व चयन हुँदै

  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पहिलो पटक प्रदेश कार्यसमिति चयन हुँदैछ । कार्यसमिति चयन गर्नका लागि पार्टीले आज चुनाव गर्दैछ । १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश समिति चयनका लागि शुक्रबार मनोनयन दर्ता भएको थियो । 

    प्रदेश–२ बाहेकका ६ प्रदेशमा हिजो उमेदवारहरूले मनोनयन दर्ता गराएका छन् । प्रत्येक प्रदेशमा संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् भने कर्णाली प्रदेशमा निधि समूहले पनि उमेदवारी दर्ता गराएको छ । 

    sarbottam cement

    कांग्रेसको प्रदेश अधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्रीको चयन हुनेछन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय