• प्रधानन्यायाधीशविरूद्ध दलहरूले लगाउलान् त महाअभियोग ?

  • काठमाडौं । प्रधानन्यायाधी चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

    सर्वोच्च अदालत बार एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको न्यायपालिकाको सुधार सम्भावना र चूनौति बिषयक छलफल कार्यक्रममा कांग्रेसका सांसद राधेश्याम अधिकारीले प्रधानन्यायधिशबिरुद्ध महाअभियोग लगाउने प्रयाप्त आधार रहेको बताए ।

    उनले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि नहुने भन्दै प्रधानन्यायाधीश जबराविरूद्ध महाअभियोग लगाउन ढिलाइ गर्न नहुने जिकिर गरे ।

    त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले संसदको अवको बैठकमा प्रधानन्यायधिशबिरुद्ध महाअभियोगका बिषयमा छलफल हुने बताए । संसदमा ११ जनाको छानबिन समिति बन्ने र त्यसका निम्ति दलहरूले तयारी गरिरहेको उनको भनाई छ ।

    त्यस्तै उहाले संसदीय समितिले प्रधानन्यायाधीशलाई भविष्यमा कुनै पनि सेवा, सुविधा लिन नपाउने गरी छानविन गर्ने धारणा राखे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय