• आजको मौसम : कतै चिसाे बढ्ने, कतै हल्का वर्षा

  • काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । जसकारण आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीको मौसममा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी र हिमाली भूभागको धेरैजसो स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना पनि रहेको छ ।

    आज राति कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

    शनिबार प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय