• नेकपा माओवादी केन्द्र स्थायी समिति बैठक आज बस्दै

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको आज स्थायी समितको बैठक बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा आज विहान ८ बजे स्थायी समितिको बैठक बस्न लागेको हो ।

    बैठकमा समसामयिक राजनीतिक विषय र आसन्न राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    यसअघि हिजो बसेको स्थायी समितिको बैठकले काठमाडौंस्थित प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियाे। बैठकले पुष ११–१३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

    बैठकले मंसिर २५ गते सबै प्रदेशमा प्रदेश सम्मेलन गर्ने र सम्मेलनको उद्घाटन दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने प्रवक्ता महराले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय